काठमाडौं । पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पारेको छ । भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर खो खो प्रतियोगतामा ठाकुरबाबाले डेढ लाख नगद पुरस्कारसहित ट्रफी उचालेको छ ।
सो प्रतियोगितामा उपबिजेता कीर्तिपुर नगरपालिकाले १ लाख नगद पुरस्कार पाएको छ भने तेस्रो स्थानका लागि धनगढीउपमहानगरपालिकाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवाल विजयी नगरपालिकाका टिमका साथै खेलाडीहरुलाई ट्रफीका साथ नगद पुरस्कार पदक प्रदान गरेका थिए ।
आयोजक भक्तपुर नगपरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलमा सहभागी सबै नगरपालिकालाई मायाको चिनोसहित नगद ५ पाँंच हजार पुरस्कार प्रदान गरे । सो खेलमा १४ वटा नगरपालिको टीमको सहभागिता रहेको सो प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म भएको थियो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो भने यस वर्ष खो खो प्रतियोगिता सञ्चलान गरेको हो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend