काठमाडौं । पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पारेको छ । भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर खो खो प्रतियोगतामा ठाकुरबाबाले डेढ लाख नगद पुरस्कारसहित ट्रफी उचालेको छ ।
सो प्रतियोगितामा उपबिजेता कीर्तिपुर नगरपालिकाले १ लाख नगद पुरस्कार पाएको छ भने तेस्रो स्थानका लागि धनगढीउपमहानगरपालिकाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवाल विजयी नगरपालिकाका टिमका साथै खेलाडीहरुलाई ट्रफीका साथ नगद पुरस्कार पदक प्रदान गरेका थिए ।
आयोजक भक्तपुर नगपरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलमा सहभागी सबै नगरपालिकालाई मायाको चिनोसहित नगद ५ पाँंच हजार पुरस्कार प्रदान गरे । सो खेलमा १४ वटा नगरपालिको टीमको सहभागिता रहेको सो प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म भएको थियो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो भने यस वर्ष खो खो प्रतियोगिता सञ्चलान गरेको हो ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend