Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सन्दीपले लिए स्कटल्यान्डविरुद्ध पहिलो विकेट


    मंगलबार, फाल्गुन ९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज स्कटल्यान्डविरुद्धको उक्त म्याचमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई ब्रेकथ्रु दिलाएका छन् । आक्रामक सुरुवात गरेको स्कटल्यान्डको पहिलो विकेट लिँदै उनले आफ्नो विकेट खाता खोलेका हुन् ।

    आफ्नो पहिलो ओभरको पाचौं बलमा सन्दीपले स्कटल्यान्डका विष्फोटक ब्याट्सम्यान किल कोयट्जरलाई एलबीडब्लुको धरापमा पारे । आउट हुनुअघि उनले २३ बलमा चार चौकाको मद्दतले २२ रन बनाएका छन् ।

    उनले सन्दीपलाई दुई वटा चौका प्रहार गरेपछि विकेट गुमाए । यो समाचार तयार गर्दा सम्म स्कटल्यान्डआठ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाउँदै खेलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार