काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाने भएकी छन् । आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी मध्यान्ह १२ बजे जान लागेकी हुन् ।
उनले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । कार्यक्रमका लागि अस्पतालको भवन वरपर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन, अस्पताल अगाडीको सडक निर्माण गरिएको रजिष्ट्रार प्रसाईले बताए ।
उनका अनुसार कार्यक्रमका लागि अस्पतालले ४ वटा उपसमितिहरू निर्माण गरी तयारी गरिएको छ । राष्ट्रपति भण्डारी आउने कार्यक्रमको लागि अस्पतालको भवन वरपर सरसफाइ तथा रंगरोगन, मञ्च व्यवस्थापन, प्रचार प्रसार तथा उचित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।
सङ्घीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाइ छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend