Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रपतिको आग्रह


    आइतबार, फाल्गुन ७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन आग्रह गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी हुन् ।

    राष्ट्रपतिले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिनु पर्नेसमेत उल्लेख गरेकी छन् ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

    शहीदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ’ । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ’, राष्ट्रपति भण्डारीले भनेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार