Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


    सोमबार, फाल्गुन ८ २०७९
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। आज मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको हो ।

    अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणपछि गम्भीर घाइते अधिकारीलाई चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो ।

    हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार