Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेबाट राजीनामा दिने चर्चित व्यवसायी दुर्गा प्रसाईँको घोषणा


    आइतबार, फाल्गुन ७ २०७९
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले आज एमालेबाट अलग भएको बताएका हुन् ।

    प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो। त्यसअघि नै उनले एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार