Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


    आइतबार, फाल्गुन ७ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

    जिल्लाको मार्मा गाउँपालिका(३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएका हुन् ।

    कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार