Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २ सय मेवागाट विद्युत आयात-निर्यात हुने


    आइतबार, फाल्गुन ७ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिलो अन्तर्देशीय नेपाल र भारत ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनबाट अब २ सय मेगावाट विद्युत आयात निर्यात वृद्धि गर्ने सहमति भएको छ ।

    अहिले ६ सय मेगावाट मात्रै विद्युत आयात निर्यात भइरहेको छ । अब भने ८ सय मेगावाटसम्म विद्युत आयातनिर्यात हुने भएको हो ।

    हिजो भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात(निर्यातको क्षमता २ सयले वृद्धि गरेर ८ सय मेगावट बनाउने सहमति भएको हो ।

    नयाँ बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माण सन् २०२५ मार्चमा सक्ने पनिसहमति भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार