काठमाडौं। आज (फागुन ६) गते शनिबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।
यसदिन भगवान शिव लाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं।
यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। शिवभक्तहरू महाशिवरात्रिको शिव मन्दिरहरुमा पुगिरहेका छन् । मान्यता अनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । भोलेनाथलाई प्रसन्न पार्नको लागि आजको दिन निकै शुभ मानिन्छ । भगवान शंकरको आराधनामा केही विशेष नियमको ख्याल गर्नुपर्छ, अन्यथा भोलेनाथ क्रोधित हुन्छन् ।
शिव पूजामा के के कुरामा ध्यान दिनुपर्छ:
१) शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू प्रयोग नगर्नुहोस्। यसको सट्टा, तपाईंले पीतल, चाँदी प्रयोग गर्नुपर्छ। भगवान शिवको अभिषेकमा गल्तिले पनि भैंसीको दूध प्रयोग गर्नु हुँदैन ।
२) बेसारलाई सबै धार्मिक कार्यमा पनि अति पवित्र र महत्वपूर्ण मानिन्छ तर भगवान शंकरको पूजामा बेसार चढाइँदैन । सौन्दर्य प्रसाधनमा बेसारको प्रयोग गरिन्छ । शास्त्रका अनुसार शिवलिंगलाई पुरुषत्वको प्रतीक मानिने भएकाले महादेवलाई बेसार चढाइँदैन ।
३) भोलेनाथलाई कनेर र कमल बाहेक अरु फुल मन पर्दैन । भगवान शिवलाई रातो रंगको फूल, केतकी र केवडाको फूल चढाउनु हुँदैन। यसो गर्नाले पूजाको फल मिल्दैन।
४) शास्त्र अनुसार भगवान शिवको पूजामा सिन्दुर र रोलीको प्रयोग हुँदैन । त्यसैले शिवलिंगमा रोली चढाउनु हुँदैन।
५) भगवान विष्णुलाई शंख अति प्रिय छ तर भगवान शिवको पूजामा शंखको प्रयोग हुँदैन । भगवान शंकरले शंखचुर नामक राक्षसलाई मारेका हुनाले भगवान शिवको पूजामा शंख निषिद्ध मानिन्छ ।
६) भगवान शिवलाई तुलसीको पात चढाउनु पनि अशुभ मानिन्छ । यसका पछाडि एउटा किंवदन्ती पनि छ । भनिन्छ, असुरराज जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन्। भगवान शिवले जलन्धरको वध गरेका थिए, त्यसैले वृन्दाले शिवको पूजामा तुलसीको पात प्रयोग नगर्न भनिन्।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend