काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्यवस्तु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने गरेका छन् ।
यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुनै वस्तु किन्नुपर्यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् । कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो ।
विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । वस्तु र सेवाका नाममा मनपरी शुल्क लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो ।
विमानस्थलभित्र एक कफ चिया पिउने पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend