Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वीर अस्पतालको कार्यकारी निर्देशकमा डा.पौडेल नियुक्त


    शुक्रबार, फाल्गुन ५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा.सन्तोष पौडेल नियुक्त भएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा.पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका हुन् ।

    यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्रा.डा भुपेन्द्रकुमार बस्नेत थिए । वीरमा डा.पौडेलले जिम्मेवारी पाएपछि डा. भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार