Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पशुपतिनाथमा देखियो बाबाहरूको यस्तो रूप (तस्बिरसहित)


    शुक्रबार, फाल्गुन ५ २०७९
    3.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। यस वर्षको महाशिवरात्रि भोलि (शनिबार) मनाइँदै छ । भोलि शनिबार महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् ।

    काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् । महाशिवरात्रिमा विशेषतः नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू पशुपति परिसर आउने गर्छन् ।

    महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

    यसैगरी, आज (शुक्रबार)देखि आइतबारसम्म पशुपति शङ्कराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ । यस कार्यक्रममा सहभागी हुन पुरी मठका जगतगुरु शङ्कराचार्य सरस्वती निश्चलानन्द स्वामी पशुपति मन्दिर आइपुगिसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार