काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले संसदकै सामु रोष्ट्रममा उभिएर यो आर्थिक बर्षमा सरकारलाई ब्ययभार पर्ने कुनै पनि गतिबिधि नगर्ने भन्दै बजेट कटौतीको प्रस्ताव पेश गरिसकेका छन् । तर उनैको मन्त्रालयले सरकारलाई ब्ययभार पर्ने बिशिष्ट श्रेणीको दरबन्दी थप गर्नका लागि सहमति दिन लागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तथ्यांक विभागमा विशिष्ट श्रेणी सचिव)को दरबन्दी थपका लागि प्रस्ताव गर्दै अर्थमन्त्रालयको राय माग गरेको छ । यही हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अर्थमा पुगेको उक्त प्रस्तावमा अर्थले सकारात्मक राय दिने निश्चित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै योजना बमोजिम उक्त दरबन्दी थप गर्न लागिएको हो । तथ्यांक विभागमा हाल तथ्यांक समूहका प्रथम श्रेणी(सहसचिव) महानिर्देशक हुने प्रावधान छ । तथ्यांकै समूहबाट हालसम्म महानिर्देशक हुँदैआएका छन् । जसलाई अब विशिष्ट श्रेणी प्रशासन समूहबाट संचालन गर्ने तयारी भइरहेको छ ।
एउटा सचिवको दरबन्दी थप गर्दा राज्यलाई मासिक रुपमा लाखौं ब्ययभार पर्न जान्छ । हालबिशिष्ट श्रेणीमा निजामती सहित विभिन्न समूहमा गरी ७३ पद छन् । मन्त्रिपरिषद कार्यालय स्र्रोतका अनुसार विकास बजेट कटौती गर्ने प्रधानमन्त्रीले कुनै एक सहसचिवको स्वार्थका खातिर राज्यलाई अनावश्यक प्रशासनिक खर्च बढाउने काम गर्दैछन् । प्रधानमन्त्रीको यो योजना यदि साकार भयो भने संघीय सरकार मातहतका केन्द्रीय विभागहरु सबैमा विशिष्ट श्रेणीको नेतृत्व ल्याउनुपर्छ भन्ने अर्को बहस सुरु हुनेछ । जसले नेपालको प्रशासनिक संयन्त्रलाई बिरुप बनाउने र खर्च बढाउने बाहेक कुनै उपलब्धी हुने देखिंदैन । अर्थमन्त्रालयले घुमाउरो पाराले विद्यमान दरबन्दीभित्रै मिलाउने गरी उक्त विशिष्ट श्रेणीको दरबन्दी थप गर्नेगरी राय दिने तयारी गरेको एक अधिकारीले बताए ।
बजेट महाशाखाको प्रमुखमा धनीराम शर्मा आएपछि अर्थमन्त्री बिष्णुप्रसाद पौडेल उक्त प्रस्तावमा सकारात्मक राय दिनका लागि निर्देशन दिइसकेका छन् । आश्चर्यको बिषय त यो छ कि विगत ६ महिनाअघि तथ्यांक विभागमा बिशिष्ट श्रेणीको दरबन्दी कायम गर्नका लागि ठूलै कसरत भएको थियो । गृहमन्त्रालयको कसूरजन्य सम्पत्ति ब्यवस्थापन विभागका महानिर्देशक प्रेम भट्टराईले तथ्यांक बिभागमा सचिवको दरबन्दी कायम गर्न ठूलै कसरत गर्दैआएका थिए ।
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई तथ्यांकको कामु सचिवमा पठाई आफू काठमाडौंको सीडीओ बन्ने ध्याउन्नमा थिए । तर उनको योजना पूरा हुन सकेन । यो बिषय बिस्तारै सेलाउँदै गएको थियो । अहिले फेरि तथ्यांकमा विशिष्ट श्रेणीको दरबन्दी कायम गर्ने खेल सुरु भएको छ । अर्को आश्चर्यको बिषय के छ भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तथ्यांक विभागलाई राष्ट्रिय योजना आयोगबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याएका थिए । त्यसको चर्को बिरोधपछि छापिएका नेमप्लेट र लेटरहेड प्रयोगमा नआउँदै तथ्यांक विभाग पुनः राष्ट्रिय योजना आयोग मातहतमै पुगेको थियो । जनगणनाको कार्यक्रमबाहेक अरु बेला प्रायः चर्चामा नरहने तथ्यांक विभाग पछिल्लो समय कसको मातहत राख्ने र नेतृत्व सहसचिवले गर्ने कि सचिवले गर्ने भन्ने अन्योलमै रुमिल्लएको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend