काठमाडौं । खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् ।त्यससँगै ग्यासका सिलिन्डर, रेगुलेटर, पाइप र चुलोको प्रविधि र गुणस्तर दुर्घटना कम गर्न उत्तिकै महìवका हुन्छन् ।
आवश्यक मापदण्ड पूरा नगरी अति प्रज्वलनशील ग्यास सिलिन्डर बजार पठाउने र यसको प्रयोगबारे उपभोक्तालाई पर्याप्त जानकारी नहुँदा दुर्घटना भई जनधनको क्षति हुने गरेको हो ।
मापदण्डविपरीतका कुच्चिएका सिलिन्डर, कमसल रेगुलेटर र पाइपको प्रयोग, नियमन गर्ने निकायको प्रभावकारी नियमन र गुणस्तर परीक्षणमा कमजोरी रहँदा दुर्घटना हुने गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन सरकारकै कमजोरीका कारण ग्यास दुर्घटना बढ्दै गएको बताउछन् । उनी भन्छन्, “उद्योगीले मापदण्ड पूरा गरेर सिलिन्डर बजारमा पठाएका छन् कि छैनन् र गुणस्तरयुक्त पाइप, रेगुलेटर बजारमा बिक्री भए कि भएन भन्ने अनुगमन नै छैन ।”
गुणस्तरहीन सामान प्रयोगले लिकेज भएर पनि दुर्घटना हुने गरेकोमा उपभोगबारे जनचेतना कार्यक्रम गर्नुका साथै गुणस्तरहीन कमसल रेगुरेटर पाइपलगायतका सामान आयातमा प्रतिबन्ध लगाउनुपर्ने उनको सुझाव छ ।
विशेष गरी ग्यास भल्ब, पिँध, रेगुलेटर, चुलोबाट बढी लिक हुने गर्छ । बोटलिङ प्लान्टबाट भरिएका सिलिन्डर गाडीमा राख्दा, ठोक्किएर, गुडाउँदा कुुच्चिएर लिक हुने हुन्छ । नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐ ३०३७ अनुसार मापदण्डबमोजिम ग्यास उद्योगीले सिलिन्डरको अनिवार्य हाइड्रोलिक परीक्षण गर्नुपर्छ । ग्यास भर्ने बेलामा, नयाँ सिलिन्डर बजारमा पठाएपछि प्रत्येक १०÷१० वर्षमा, त्यसपछि पाँच÷पाँच वर्षमा र त्यसपछि तीन वर्षमा हाइड्रोलिक परीक्षण गर्नुुपर्छ तर व्यवसायीले अनिवार्य रूपमा हाइड्रोलिक परीक्षण नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी महर्जनको भनाइ छ । बजारमा र उपभोक्ताका भान्सामा धेरै पुराना परीक्षण नगरिएका सिलिन्डर पठाइन्छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुशप्रसाद मल्लीले भने गुणस्तरको मापदण्ड पूरा गरेर सिलिन्डर बजारमा पठाउने गरेको बताए । उनले सही तरिकाबाट प्रयोग गर्न नजान्दा नै बढी दुर्घटना हुने दाबी गरे । उनले यसबारे स्थानीय तहबाट र पाठ्यक्रममै राखेर जनचेतना फैलाउन आवश्यक रहेको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend