काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आए पनि नेपाली बजारमा भने मूल्य नघटाउने मुडमा निगम देखिन्छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटाएर पठाएको छ।
यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ। सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो। बिहीबारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ।
भारतबाट मूल्य घटेर आएपनि निगम पेट्रोलियम पदार्थको मूल्य नेपाली बजारमा घटाएर बेच्ने पक्षमा देखिँदैन। बक्यौता तथा ऋण तिर्न बाँकी रहेको भन्दै निगमका अधिकारी मूल्य घटाउन चासो देखाएका छैनन्।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend