काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आए पनि नेपाली बजारमा भने मूल्य नघटाउने मुडमा निगम देखिन्छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटाएर पठाएको छ।
यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ। सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो। बिहीबारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ।
भारतबाट मूल्य घटेर आएपनि निगम पेट्रोलियम पदार्थको मूल्य नेपाली बजारमा घटाएर बेच्ने पक्षमा देखिँदैन। बक्यौता तथा ऋण तिर्न बाँकी रहेको भन्दै निगमका अधिकारी मूल्य घटाउन चासो देखाएका छैनन्।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend