Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै ६ सय रुपैयाँले घट्यो सुनकाे मूल्य


    बिहिबार, फाल्गुन ४ २०७९
    2.5K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला दुई सय रुपैयाँले घटेको सुन आज प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

    यसअघि छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार