काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।
बिहीबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३२ पैसा ताेकिएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले ओरालो लागेको हाे । बुधबार युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा कायम गरिएको थियो।
उता, बिहिबार १ रुपैयाँ ५ पैसाले ओरालो लागेर बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ३२ पैसा तोकिएको छ। यसअघि बुधबार यसको खरिददर १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ९२ रूपैयाँ ४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ४६ पैसाका कारोबार भएको थियो ।
यता, क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रूपैयाँ १० पैसा ताेकिएकाे छ ।
यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रूपैयाँ ९ पैसा र बिक्रीमा ३० रूपैयाँ २३ पैसा ताेकिएकाे छ ।
आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६१ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३० पैसा तोकिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend