Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आज बिहिबारकाे हरियो तरकारी र फलफूलको मूल्य


    बिहिबार, फाल्गुन ४ २०७९
    2.1K
    Shares
    sobij
  • २ मिनेट पाठ
  • काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलकाे मुल्य तोकेको छ ।

    जसअनुुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ८०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ ताेकिएकाे छ ।

    यसैगरी, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १५० रुपैयाँ, किबि ४०० रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ कायम रहेको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २८० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौला ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ ६७, कन्य च्याउ १४० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग २५ रुपैया, परवर तराई १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० र हरियो धनिया ३० रुपैयाँ ताेकेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार