काठमाडौं । सरकारले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काम गर्नका लागि श्रम सहचारी र काउन्सेलर नियुक्ति गर्दैआएको छ । तर श्रह सहचारीले श्रमिक र देशको हित होइन, म्यानपावरलाई दुःख दिएर बढीभन्दा बढी घुस लिन मात्र केन्द्रित हुने गरेका छन् । साउदी अरबका श्रमसहचारी देवेन्द्र कार्कीले कामदार र देशको हित भन्दा पनि म्यानपावरलाई फाइल अड्काउने र अनलाइन अनुमति रोकेर घुस मोलतोल मिलेपछि मात्र दिने गरेको गुनासो छ ।
साउदीअरब नेपाली कामदारको प्रमुख गन्तब्य मुलुक हो । साउदीअरबका रोजगारदाताबाट नेपालका म्यानपावरले निकै मेहनतका साथ कामदारको माग ल्याउने गरेका छन् । रोजगारदाताबाट कामदारको माग ल्याएपछि साउदी अरबको श्रम सहचारीबाट अनुमति लिनुपर्छ । तर त्यो अनुमतिको कागजमा छाप लगाउने र अनलाइन भने रोकेर श्रमसहचारी कार्कीले घुसको मोलमोलाई गर्ने गरेका छन् । अनलाइन अनुमति नदिएसम्म श्रमिक पठाउने प्रक्रिया सुरु हुँदैन । प्रतिकामदार १ हजार साउदी रियाल ( नेपाली करिब ३५ हजार रुपैयाँ) घुस नदिएसम्म अनलाइन अनुमति महिनौंसम्म रोकेर राखिदिने गरेको गुनासो म्यानपावर ब्यवसायीको छ ।
२०७९ जेठमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले श्रम सहचारी नियुक्त गरेका कार्कीले प्रतिकामदार १ हजारदेखि १ हजार रुपैयाँसम्म घुस दिएपछि मात्रै अनलाइन अनुमति दिने गरेको आरोप ब्यवसायीको छ । उनको दररेट अनुसार घुस नदिए महिनौंसम्म अनलाइन अनुमति रोकेर राख्दा रोजगारदाताले म्यानपावरसँग सम्झौता नै रद्द गर्ने गरेका छन् । जसका कारण धेरै प्रयास र लगानी गरेर ल्याएको कामदारको कोटा नै गुमाउनुपर्ने गुनासो ब्यवसायीले गरेका छन् ।
म्यानपावर ब्यवसायीहरु श्रह सहचारी कार्कीबाट पीडित भए पनि खुलेर बोल्न सक्दैनन् । भोलि दुःख दिने र ब्यवसायबाटै हात धुनुपर्ने भयका कारण पनि कार्कीको अत्याचार र घुसकाण्ड सार्वजनिक गर्न ब्यवसायीले सकेका छैनन् । साउदीअरबमा निर्माणको काम गर्ने कम्पनीले कामदार माग गर्दा १ महिनासम्म कामदार पठाउने प्रक्रिया रोकिंदा रोजगारदाताले अर्को देशबाट कामदार माग्न सक्छ, श्रम सहचारी कार्कीका कारण नेपालका म्यानपावरहरुप्रति साउदीका रोजगारदाताको विश्वास नै गुम्दै जान थालेकोमा ब्यवसायीहरु चिन्तित छन् । यसअघिका श्रम सहचारी जीवनकुमार राईले ब्यवसायीलाई अहिलेजस्तो दुःख नदिएको एक ब्यवसायीले बताए–‘कार्कीले ब्यवसायीलाई हतोत्साही पार्ने काम गरेका छन् । सरकार फ्री भिसा फ्री टिकट भन्छ, श्रम सहचारीले अनलाइन अनुमति दिन नै प्रतिकामदार १ हजार रियाल ((३५ हजार रुपैयाँ) घुस माग्छन्, कसरी फ्री भिसामा पठाउन सकिन्छ ?’
को हुन् कार्की ?
२०७६ मा बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयको प्रमुखका रुपमा काम गरेका उपसचिव कार्की त्यतिबेला पनि घुसकाण्डमा बदनाम थिए । उनी प्रमुख भएपछि बैदेशिक रोजगार कार्यालय काठमाडौंमा कामदारको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृतिसम्म प्रतिकामदार १० देखि २० हजार घुस नै दिनुपर्ने बाध्यता रहेको समाचार अहिले पनि गुगल अर्काइभमा पाउन सकिन्छ । कमा, फुलस्टप समेत बांगो भए पनि उनले घुस नदिएसम्म काम नै नगरी ब्यवसायीको काम नगरी सास्ती दिएका थिए ।
प्रतिकामदार २० हजार रुपैयाँसम्म घुस खुवाउनुपर्ने बाध्यता त्यतिबेला कार्कीको समयमा कार्यालयमा थियो । कार्कीले त्यो समयमा काठमाडौं कार्यालयमा नायबसुब्बा योगेन्द्रविक्रम शाह, टेकबहादुर थापा, राजकुमार पोखरेल, कम्प्युटर अप्रेटर विपुल पराजुलीको सेटिङमा घुस असुली गर्ने गरेका थिए । बैदेशिक रोजगार कार्यालयमा घुस असुलीमा अनुभव हासिल गरेका कार्की श्रम सहचारी भएपछि विदेशी मुद्रामा असुल्नका लागि किसान श्रेष्ठलाई ठूलै रकम बुझाएर नियुक्ति भएको चर्चा श्रम मन्त्रालयमा हुने गरेको छ ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend