Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा ओली-प्रचण्ड छलफल सुरु, सहमति नजिक पुगेको दावी


    शुक्रबार, साउन ३० २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सुरु भएको छ। बालुवाटारमा दुई जनाबीच भर्खरै छलफल सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

    बिहीबारको दुई अध्यक्षबीचको कुराकानीले सहमतिको खाका दिएकाले छलफल सकारात्मक रहेको बताइएको थियो। आजको वार्तामा पनि सहमति केन्द्रित रहने भनिएको छ।

    विशेषगरी पार्टी महाधिवेश र स्थायी समिति बैठकका बारेमा सहमतिको नजिक पुगेको दावी गरिएको छ ।

    बिहीबार प्रम ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतासँग भेटेर छलफलको ब्रिफिङ गरेका थिए । 

    स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले हिजोको बैठक सकारात्मक रहेकाले आज थप छलफल हुन लागेको बताए । उनले हिजोको बैठकको सहमतिबारे जानकारी नभए पनि बैठक सकारात्मक रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने समय तोकेपछि नेताहरुबीचको छलफल पनि सकारात्मक बन्दै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार