सुर्खेत । कर्णालीका हिमाली जिल्लामा मतदाता शिक्षा दिन मुस्किल हुँदै आएको छ । कात्तिक देखि नै हिमपात सुरु भएपछि हिमाली जिल्लाका मतदातालाई मतदाता शिक्षा दिन नसकिएको हो ।
हुम्लाको लिमी , उपल्लो डोल्पाको तीन वटा पालिकामा मतदाता शिक्षा दिन समस्य भएको हो । हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान नसक्दा मतदाता शिक्षा दिन नसकिएको हो । हुम्लाको नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा मतदाता शिक्षा पुर्याउन नसकिएको हो । त्यस्तै उपल्लो डोल्पाको छार्काताङसुङ , डोल्पोबुद्ध र शे फोक्सुण्डो गाउँपालिकामा मतदाता शिक्षा पुर्याउन समस्य भएको हो ।
यहाँका मतदाता सम्मा कहिले पनि मतदाता शिक्षा देखि उम्मेदवार समेत नपुग्ने गरेको स्थानीयबासीको भनाई छ । हिमपातले उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन सकिएको छैन । कात्तिकसँगै धो, तिन्जे, साल्दाङ, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने बाटाघाटा हिउँले पुरिएपछि निर्वाचन अधिकृतको कार्यालय डोल्पाले विकल्प खोजेको छ । सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्मको दूरीमा उपल्लो डोल्पाका तीन स्थानीय तहमा २२ वटा मतदान केन्द्रहरु रहेका छन् ।
मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिकजसो हिमपात भइरहेको छ भने न्यूनतम तापक्रम माइनसमा झरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेमा छेवाङ गुरुङले बताए ।
एक सातासम्मको लामो यात्रा, जोखिमपूर्ण बाटो, हिउँले भरिएका अग्लाअग्ला हिमाल चढ्नुपर्ने भएकाले पनि उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टमार्फत पठाउनुको विकल्प नरहेको सुवेदीले बताए । आयोगसँग उपल्लो डोल्पामा पर्ने १५ वटा स्थानमा हेलिकोप्टर प्रयोगका लागि अनुमति मागिएको उनले जानकारी दिए ।
उपल्लो डोल्पा खटाइएका कतिपय कर्मचारीले आफूहरूलाई अन्यत्र खटाउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन । भौगोलिक रूपमा विकटता, लामो समयदेखिको हिमपातले चिसो बढेको र चार हजार मिटरभन्दा अग्ला लेक पार गरेर मात्र मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले अन्यत्र खटाइदिन निवेदन दिइएको हो ।
डोल्पाको औसत तापक्रम अधिकतम २० डिग्री सेल्सियसदेखि न्यूनतम माइनस १० डिग्रीसम्म हुने गर्छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उपल्लो डोल्पामा लेक लागेर सुनील विकको ज्यान गएको थियो ।
त्यस्तै हुम्लाको लिमीमा कर्मचारी जान र आउन समेत हेलिकोप्टरको माग गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले बताए । लिमीका तील, हल्जी र जाङ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई हेलिकोप्टरबाट पु¥याउने व्यवस्था गर्न निर्वाचन आयोगलाई माग गरिएको उनले बताए । असोजमा परेको बाक्लो हिमपात अहिले पनि नपग्लिएको कारण कर्मचारी पैदल मार्गबाट लिमी जान नसक्ने अवस्था सृजना नभएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको हो । लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । यस्तै मुगुको हिमाली क्षेत्रमा समेत जान र आउन समस्य भएको बताएको छ । हेमन्त केसी
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend