Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज असोज २३ गते आइतबारको राशिफल


    आइतबार, असोज २३ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । प्रेम जीवन सुखद् नै रहने छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    उच्च महत्वकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय रहने छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज कुनै कुराले मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म, कर्ममा मन पनि लाग्नेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । नयाँ काममा हात हाल्ने समय छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार