Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज असोज २२ गते शनिबारको राशिफल


    शनिबार, असोज २२ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज रोकिएको धन हात पर्ला । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यात्रा सफल हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रवल छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय पनि छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    बन्न लागेको काम बिग्रन सक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार