Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्र्र्हालय स्थापना


    शनिबार, असोज १५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्र्र्हालय स्थापना गरिएको छ । 
    काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङ्ग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रवार उद्घाटन गरेका हुन् ।

    त्यस अवसरमा उनले सो सङ्ग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले सो सङ्ग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गरे ।
    करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङ्ग्रहालय दशैं सकिएपछि  असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो । त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उनका तस्वीरहरु पनि सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार