काठमाडौँ। जापानका ६७ वर्षीय पूर्वप्रधानमन्त्री शिन्जो आवेको मंगलबार राजकीय अन्त्येष्टि भएको छ। जापानको राजधानी टोकियोमा भएको शिन्जो आवेको राजकीय अन्त्येष्टिमा विदेशी पाहुनासहित ४५ सय जना भन्दा बढी विश्वभरका नेता सामेल भएका छन्। ६७ वर्षीय शिन्जो आवे जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहेका थिए।
तीन महिना पहिले जुलाई ८ मा आवेको एक राजनीतिक कार्यक्रमममा गोली हानेर हत्या भएको थियो । जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गर्छ। तर लामो समयसम्म प्रधानमन्त्री पदमा रहेको भन्दै आवेको पनि राजकीय अन्त्येष्टि दिइएको हो।
आवेको अन्त्येष्टि समारोहमा एक करोड १४ लाख अमेरिकी डलर बराबरको खर्च अनुमान गरिएको छ। अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend