काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ रहेको छ ।
यसैगरी, चाँदीको मूल्य आज तोलामा १० रुपैयाँ घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा काराेबार भइरहरेकाे महासंघकाले जनाएको छ ।