Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : देशभर बर्षाको सम्भावना


    शुक्रबार, असोज ७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल  देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यसैको प्रभावले आज   बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश-१, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज  दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    त्यसैगरि पहाडी क्षेत्रहरू  जहाँ भारी वर्षाको सम्भावना रहेको छ त्यस्ता ठाँउहरुमा  पहिरोको जोखिम रहनुको साथै नदी तथा  खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार