Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • आमरण अनसनमा बसेका डा. केसीलाई ‘अल्सर’ को आशंका


    मंगलबार, असोज ४ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । आमरण अनसनमा बसेका  डा. गोविन्द केसीलाई कडा खालको   ‘अल्सर’ को आशंका गरिको छ ।  चिकित्सा क्षेत्रको सुधारका  ७ वटा माग राखेर नौं दिनदेखि आमरण अनसनमा बसेका   डा.  केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ ।

    अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
    अनसनको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

    औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार