काठमाडौं। एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम
फुटाउँदै गरेको अवस्थामा पक्राउ उनलाई गरेको हो । प्रहरीले कुमालको साथमा १ थान खुकुरी समेत रहेको जनाएको छ ।