काठमाडौँ। त्रिदेशीय सीमा जाेडिएकाे दार्चुलामा महाकाली नदीमाथी नेपाल–भारत जोड्ने मोटरेबल पुल बन्ने भएको छ।
नेपाल-भारत जाेड्ने माेटरेबल पुल निर्माण पश्चात दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशकाे प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेकाे दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए ।
सोमबार पुल निर्माणस्थलमा भारत र नेपालकातर्फबाट संयुक्त रुपमा पुलको शिलान्यास गरिएको मन्त्री बडूका स्वकीय सचिव हेमन्त बिष्टले जानकारी दिए।
यो पुलले महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने छ।
सुदूर पहाडमा महाकाली नदीमाथी बन्ने यो पहिलो मोटरेबल पुल बन्ने छ।
करिब ३३ लाखको भारतीय लगानीमा निर्माण हुने पुलको लम्बाइ ११० मिटर छ । मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउँदै यसले सुदूरपहाडको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे।