काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काम गर्नका लागि अब सहज हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीलाई सरुवा गरेपछि मेयर साहलाई काम गर्न सहज हुने भएको हो । महानगरबाट स्वीकृत प्राप्त नभएका संरचना हटाउने अभियानमा लागेका मेयर बालेनलाई सहयोग गर्ने काबिल प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले खटाइदिएको छ ।
महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका वसन्त अधिकारी करिब ३ बर्षदेखि संघीय मामिला मन्त्रालयमा कार्यरत थिए । उनी कार्यक्षमता भएका प्रशासकका रुपमा चिनिन्छन् । उनी आइतबार महानगरमा हाजिर हुने भएका छन् ।
हालका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल निजामती प्रशासनमा कार्यक्षमता कमजोर भएका भनेर चिनिन्छन् । नवनिर्वाचित मेयर बालेन साहको पहिलो पदबहाली लगत्तै बसेको महानगरको कार्यपालिकाको बैठकपछि विवादमा आएका पौडेलको गतिबिधिलाई लिएर महानगरका कार्यपालिका सदस्यमात्र होइन, सेवाग्राहीसमेत सन्तुष्ट थिएनन्् । ताप्लेजुङ घर भए पनि झापा बसाई सरेका पौडेलशेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेस निकट भन्दै महानगरमा सरुवा भएका थिए । उनलाई महानगरमा लानका लागि कांग्रेस नेता प्रकाशमान सिंह, गगन थापाको पनि साथ र सहयोग थियो ।
मेयर साहले लोकनाथ पौडेललाई असारमै सरुवा गर्नका लागि संघीय मामिला मन्त्रालयमा अनुरोध गरेका थिए । तर उनले मन्त्रीदेखि विभिन्न शक्तिकेन्द्रमा अनुनय बिनय गरेपछि सरुवा रोकिएको थियो ।
पौडेल महानगरमा आउनुअघि आदिवासी जनजाति आयोगमा फालिनु पनि उनको कमजोर कार्यक्षमताकै उपज थियो । कार्यक्षमता नभएकै कारण कर्णाली प्रदेश सरकारले पौडेललाई सरुवा गरिदिनका लागि संघीय सरकारलाई हारगुहार गर्नुपरेको थियो । त्यसबेला सामाजिक विकास मन्त्रालयका सचिवका रुपमा कार्यरत उनको कार्यशैली नेतृत्वलाई नटेर्ने, कर्मचारीलाई हप्काउने र आफू कलम पनि नचोप्ने स्वभावकै कारण उनलाई कर्णाली सरकारले सरुवाका लागि संघीय सरकारलाई दबाब दिनपरेको थियो ।
कोभिड–१९ महामारीको बेला सामाजिक विकास मन्त्रालयको भूमिका सक्रिय हुनुपर्नेमा अवस्थामा पौडेलकै निस्क्रियताले गर्दा प्रदेश सरकार समेत बदनाम भएपछि उनको सरुवा प्रदेश प्रमुखको कार्यालय लुम्बिनीमा भयो । तर उनी त्यहाँ हाजिरै हुन नगई काठमाडौंमा राजनीतिक शक्तिकेन्द्रलाई रिझाउन थाले । स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मी सचिव बढुवा कहिले हुन्छ भनेर तिथिमिति गनेर बसेका उनी त्यहाँ सरुवा हुन पनि ठूलै जोडबलका साथ लागेकै हुन् । रेग्मीको बढुवापछि सो ठाउँमा मदन भूजेललाई लगियो । उनलाई भने आयोगमा पठाइयो ।
आयोगमा रहँदैखेरी कांग्रेस नेता सिंह र थापालाई रिझाउन सफल भएका कारणले उनको सरुवा महानगरमा भयो । त्यसबेला सामान्य प्रशासनका अधिकारीले पौडेलले महानगर चलाउन कसरी सक्लान् भनेर प्रश्न नउठाएका होइनन् ।
महानगरमा नयाँ नेतृत्व आएपछि उनले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने अपेक्षा गरिएको थियो । स्वतन्त्र रुपमै उठेर महानगरबासीको मन जित्न सफल भएका बालेन साहको योजनालाई साकार पार्ने भूमिका पौडेलबाट खोजिएको थियो । तर पहिलो बैठकमै बालेनलाई विवादमा पार्ने र वडाध्यक्षहरुबीच फाटो ल्याउने भूमिका उनले खेलेका थिए । जसको सार्वजनिक रुपमा निकै चर्को बिरोध जनस्तरबाट भयो । तर यसबारेमा पौडेलले आफूबाट गल्ती भएको स्वीकारे, न त आफ्नो कार्यशैलीमा परिवर्तन गरे ।
महानगर नेतृत्व दिनरात महानगरको योजना र समस्या समाधानमा केन्द्रित भइरहँदा उनी भने आफू कसरी टिक्ने भन्नेमै लागिरहेका थिए । पछिल्ला दिनमा त पौडेलको भूमिकाबाट दिक्क भएका मेयर साहले उनको विकल्प खोज्न धेरै सूत्रहरु परिचालन गरेका थिए । अन्ततः मेयर साहकै स्पीरीटमा चल्न सक्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारी पाएका छन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend