काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काम गर्नका लागि अब सहज हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीलाई सरुवा गरेपछि मेयर साहलाई काम गर्न सहज हुने भएको हो । महानगरबाट स्वीकृत प्राप्त नभएका संरचना हटाउने अभियानमा लागेका मेयर बालेनलाई सहयोग गर्ने काबिल प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले खटाइदिएको छ ।
महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका वसन्त अधिकारी करिब ३ बर्षदेखि संघीय मामिला मन्त्रालयमा कार्यरत थिए । उनी कार्यक्षमता भएका प्रशासकका रुपमा चिनिन्छन् । उनी आइतबार महानगरमा हाजिर हुने भएका छन् ।
हालका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल निजामती प्रशासनमा कार्यक्षमता कमजोर भएका भनेर चिनिन्छन् । नवनिर्वाचित मेयर बालेन साहको पहिलो पदबहाली लगत्तै बसेको महानगरको कार्यपालिकाको बैठकपछि विवादमा आएका पौडेलको गतिबिधिलाई लिएर महानगरका कार्यपालिका सदस्यमात्र होइन, सेवाग्राहीसमेत सन्तुष्ट थिएनन्् । ताप्लेजुङ घर भए पनि झापा बसाई सरेका पौडेलशेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेस निकट भन्दै महानगरमा सरुवा भएका थिए । उनलाई महानगरमा लानका लागि कांग्रेस नेता प्रकाशमान सिंह, गगन थापाको पनि साथ र सहयोग थियो ।
मेयर साहले लोकनाथ पौडेललाई असारमै सरुवा गर्नका लागि संघीय मामिला मन्त्रालयमा अनुरोध गरेका थिए । तर उनले मन्त्रीदेखि विभिन्न शक्तिकेन्द्रमा अनुनय बिनय गरेपछि सरुवा रोकिएको थियो ।
पौडेल महानगरमा आउनुअघि आदिवासी जनजाति आयोगमा फालिनु पनि उनको कमजोर कार्यक्षमताकै उपज थियो । कार्यक्षमता नभएकै कारण कर्णाली प्रदेश सरकारले पौडेललाई सरुवा गरिदिनका लागि संघीय सरकारलाई हारगुहार गर्नुपरेको थियो । त्यसबेला सामाजिक विकास मन्त्रालयका सचिवका रुपमा कार्यरत उनको कार्यशैली नेतृत्वलाई नटेर्ने, कर्मचारीलाई हप्काउने र आफू कलम पनि नचोप्ने स्वभावकै कारण उनलाई कर्णाली सरकारले सरुवाका लागि संघीय सरकारलाई दबाब दिनपरेको थियो ।
कोभिड–१९ महामारीको बेला सामाजिक विकास मन्त्रालयको भूमिका सक्रिय हुनुपर्नेमा अवस्थामा पौडेलकै निस्क्रियताले गर्दा प्रदेश सरकार समेत बदनाम भएपछि उनको सरुवा प्रदेश प्रमुखको कार्यालय लुम्बिनीमा भयो । तर उनी त्यहाँ हाजिरै हुन नगई काठमाडौंमा राजनीतिक शक्तिकेन्द्रलाई रिझाउन थाले । स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मी सचिव बढुवा कहिले हुन्छ भनेर तिथिमिति गनेर बसेका उनी त्यहाँ सरुवा हुन पनि ठूलै जोडबलका साथ लागेकै हुन् । रेग्मीको बढुवापछि सो ठाउँमा मदन भूजेललाई लगियो । उनलाई भने आयोगमा पठाइयो ।
आयोगमा रहँदैखेरी कांग्रेस नेता सिंह र थापालाई रिझाउन सफल भएका कारणले उनको सरुवा महानगरमा भयो । त्यसबेला सामान्य प्रशासनका अधिकारीले पौडेलले महानगर चलाउन कसरी सक्लान् भनेर प्रश्न नउठाएका होइनन् ।
महानगरमा नयाँ नेतृत्व आएपछि उनले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने अपेक्षा गरिएको थियो । स्वतन्त्र रुपमै उठेर महानगरबासीको मन जित्न सफल भएका बालेन साहको योजनालाई साकार पार्ने भूमिका पौडेलबाट खोजिएको थियो । तर पहिलो बैठकमै बालेनलाई विवादमा पार्ने र वडाध्यक्षहरुबीच फाटो ल्याउने भूमिका उनले खेलेका थिए । जसको सार्वजनिक रुपमा निकै चर्को बिरोध जनस्तरबाट भयो । तर यसबारेमा पौडेलले आफूबाट गल्ती भएको स्वीकारे, न त आफ्नो कार्यशैलीमा परिवर्तन गरे ।
महानगर नेतृत्व दिनरात महानगरको योजना र समस्या समाधानमा केन्द्रित भइरहँदा उनी भने आफू कसरी टिक्ने भन्नेमै लागिरहेका थिए । पछिल्ला दिनमा त पौडेलको भूमिकाबाट दिक्क भएका मेयर साहले उनको विकल्प खोज्न धेरै सूत्रहरु परिचालन गरेका थिए । अन्ततः मेयर साहकै स्पीरीटमा चल्न सक्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारी पाएका छन् ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend