Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरवारभित्र कर्मचारीको प्रदर्शन र नाराबाजी, प्रहरीले रोक्न खोज्दा धकेलाधकेल


    बिहिबार, भाद्र २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय पूर्वाधार विभाग (डोली)मा कार्यरत इन्जिनियरहरू शहरी विकास तथा भवन निर्माण विभागमा समायोजनको बिरोध भएको छ । सहरी विकास मन्त्रालयका कर्मचारीहरुले डोली गाभ्ने निर्णयको बिरोधमा आज मन्त्रालय परिसरमै बिरोध प्रदर्शन गरेका छन् ।

     कर्मचारीको बिरोध प्रदर्शनपछि प्रहरी पुगेको थियो । प्रहरीले बिरोध प्रदर्शन गर्न खोज्दा कर्मचारीहरुले डोली गाभ्न पाइँदैन भन्दै बिरोध गरेका थिए । संघीयता लागू भएपछि डोलीको औचित्य नभए पनि तत्कालीन सचिव दिनेशकुमार थपालिया (हाल प्रमुख निर्वाचन आयुक्त)को निहीत स्वार्थमा कायमै राखिएको थियो । डोलीको जिल्लागत संरचना प्राविधिक कार्यालय खारेज गर्रिपछि परामर्शको बजेटबाट बिदेश भ्रमणको उद्देश्यले खारेज गरिएको थिएन ।

     सरकारले यसअघि स्थानीय पूर्वाधार विभाग (डोली) मा कार्यरत कर्मचारीहरूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक, रेल विभागलगायत निकायमा समायोजन गर्न खोजे पनि जताततै बिरोध भयो । हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको थियो ।

    डोलीमा सहसचिवस्तरका २२ जना सुई, सिडिइ, इन्जिनियर र ओभरसियरसहितका अन्य २ सय ९९ जना कर्मचारी कार्यरत छन । सिभिल, हाइवे, इरिगेशनलगायत समूहका इन्जिनियर रहेको डोलीका कर्मचारीको १० प्रतिशत कर्मचारी कटौती गर्ने र विभागलाई अन्यत्र समायोजन गर्ने कार्यक्रम सरकारले बजेट बक्तव्यमार्फत् ल्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार