Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


    बुधबार, भाद्र १ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै  ठगी गरेको आरोपमा प्रहरीले  एक जनालाई  पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति रूपन्देही सैनामैना नगरपालिका-९ घर भएका ३९ वर्षीय छविलाल भट्टराई  रहेको प्रहरीले जनाएको छ । भट्टराईलाई  आज बुधबार काठमाडौं मिनभवनबाट प्रहरीले पक्राउ गरेको हो ।

    भट्टराई सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक रहेको प्रहरीले बताएको छ ।  भट्टराईले सर्बसाधारणलाई  वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठितकम्पनीमा  पठाईदिने भन्दै मोटो  रकम लिई गरी फरार रहेका थिए । उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर  पठाइएको  प्रहरीले जनाएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार