Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टानमा कांग्रेस–एमाले गठबन्धनको प्यानलै बिजयी


    मंगलबार, साउन ३१ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा नीलहरि बास्तोला निर्वाचित भएका छन् । माओवादी र एमालेको एउटा समूहबाट उम्मेदवारी दिएका रामप्रसाद सापकोटा(कमल) पराजीत भएका छन् । टानमा प्यानलै बाँस्तोला समूहले जितेको छ । 

    सोमबार सम्पन्न टानको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको छ । 

    टानका सदस्यहरुमा महिला सदस्य सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पादोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।

    टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने ब्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार