काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमवार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलवारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।
सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफठयारो भइरहेको बताए । उनले संसदमा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए ।
उनले भने–‘कानून शक्तिशाली हुन तर्कोचित, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ । हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानून छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहेनत र परिश्रम ग¥यौं, त्यो मूल्यांकनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कति पटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’
सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । उनले देशको धरातलीय यथार्थअनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए । सरकारलाई समितिले आफना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताए ।
उनले भने–‘समितिमा दोहोरोपन हुने गरेको छ । अब हाम्रो समय त छोटो छ तर अभिलेख भएभने वास्तवमा समितिमा छलफल गर्दा, प्रतिनिधि सभामा छलफल गर्दा, हामीले के सोच्नुपर्ने रहेछ भने सरकारले हाम्रो निर्देशन पालना गरेन, हाम्रा निर्देशन लागू भएनन भन्नुभन्दा पहिले हामीले नै गम्भीर रुपमा समीक्षा गर्नुपर्ने कुरा के रहेछ भन्दा धरातलीय यथार्थ हामीले बुझेका छौँ कि छैनौँ ? हामीले त्यो लागू हुने गरेर निर्देशन जारी गरेका छौँ कि छैनौँ ? त्यसरी निर्देशन गरेमात्रै हामीलाई जनताले साथ दिनेछन । त्यो लागू गर्न बाध्य हुन्छ । बाध्य बनाउने कुरा के छ भने हाम्रो ज्ञान, क्षमताको कुरा नै हो ।’
सभाुमख सापकोटाले सरकार उदीयमान व्यवस्थापिकाको पक्षमा रहेको बताए । उनले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए । सभामुख सापकोटाले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महसुस भएको बताए । उनले भने–अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाउँला भनेर बस्ने छुट छैन, आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्छ ।
सापकोटाले भने–‘रबर स्ट्याम्पको रुपमा पनि व्यवस्थापिका छन्, क्रियात्मक रुपमा पनि छन् । रुपान्तरित रुपमा पनि छन् । तर हामी चाहन्छौं, उदियमान व्यवस्थापिका । हाम्रो संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छ । पहिला जीवन्त भन्ने लाग्थ्यो, सभामुख हुनेबित्तिकै जीवन्त बनाउनुपर्छ भन्ने लाग्थ्यो, जीवन्त त भयो, त्यसले विहंगम छलफल त ग¥यो तर त्यो छलफल मात्रै कर्णप्रिय भयो । ध्यानाकर्षण ग¥यो तर जनमुखी हुन सकेन भने राम्रो हुँदैन । हामी उदियमान व्यवस्थापिका चाहन्छौँ । खुलापनि धेरै शक्तिशाली छ, त्यसले सबैलाई जिम्मेवारी बनाउँछ । संकट हामीलाई दुःख सदन आउँदैन । त्यसले समाधान पनि लिएर आउँछ । हामीलाई अहिले महशुस भएको छ, विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको छ । हामीले विश्व दृष्टिकोण निर्माण गर्नुछ । अरुले बनाएको विश्व दृष्टिकोणबाट हामीले राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट छैन ।’
सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको धारणा राखे । उनले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको बताए । सभामुख सापकोटाको भनाइ छ, नेपालमा खोज, अनुसन्धानमा आवश्यक ध्यान नपुगेको देखिन्छ । उनले तथ्यांकहरुको महत्व नबुझदा गत वर्ष मेलम्ची र मनाङका विपदजन्य घटना न्यूनीकरण गर्न नसकेको बताए । उनले अहिले संसदमा तथ्यांक विधेयकहरु पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्यांक संकलन गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
उनले भने–‘अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली छन् । किनभने उनीहरुले खोज, अनुसन्धान गरेर धेरै प्रभावकारी बनाएका छन् । हामीले बुझेको भन्दा पनि शक्तिशाली छन् । उनीहरुले सजिलैसँग जवाफदेही बनाउन सक्छन् । त्यसको कारण के हो भने कानून निर्माणमा उहाँहरुले गरेको असाधारण खोज, अनुसन्धान हो । हामीले खोज अनुसन्धानमा नेपालमा धेरै ध्यान दिँदैनौँ । हामीले खोज अनुसन्धानको महत्वलाई अझ राम्रोसँग बुझनका लागि हामीलाई गाह्रो भइरहेको छ । यही पुस्तकका बारेमा अरु कुराको बारेमा । जब भयानक ठूलो धक्का दियो । मेलम्चीमा र मनाङमा । त्योपछि विज्ञसँग छलफल गर्दा मलाई थाहा भयो । अहिले पनि हामीलाई लाग्छ, डेटा भनेको त के हो र ?तर मैले विज्ञसँग कुरा गर्दा थाहा पाएँ कि डेटाको महत्व कति छ ? उनले भने–हामीले डेटाको महत्वलाई समयमै बुझेर समयमै व्यवस्थित गर्न सकेको भए त्यो क्षति रोक्न सकिन्थ्यो । सन्दर्भ अहिले हाम्रो तथ्यांक विधेयकहरु पनि पास भइरहेको छ ।’
सभाुमख सापकोटाले सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए÷नभएको मूल्यांकन हुनु जरुरी रहेको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend