Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः इश्वर पोखरेल


    सोमबार, साउन ३० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गरेका छन् । 
     
    स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफनो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफनो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जित्ने र टिक्नेहरुलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

    पोखरेलले भने–‘आउने निर्वाचनमा नेकपा (एमाले) ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफनो प्रतिनिधित्व गर्छ । म यो तपाईहरुलाई बताउन चाहन्छु । अव तपाईहरुको मनमा प्रश्न उठनसक्छ–हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? । स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौं । यो हाम्रो दाबीमात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अब हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौं । जित्नेलाई उठाउँछौं, टिक्नेलाई उठाउँछौं । भदौं अन्तिमसम्म हामी चुनावको उम्मेदवारको टुंगो लगाउँछौं । अब बस्ने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकले त्यसका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौको अन्तिमसम्ममा आफनो पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताए । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटब्यूरो र केन्द्रिय कमिटीको बैठक भदौ दोस्रो हप्ताका लागि तय गरिएको उनको भनाइ थियो । त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनमा आवद्ध कुनै पनि दलहरुसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको पटकपटक दोहो¥याए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार