काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ । पार्टीभित्र सभापति शेरबहादुर देउवाले आफूखुसी निर्णय गर्न थालेपछि डा. शेखर कोइराला समूहको रणनीति तय गर्नका लागि बैठक बोलाएको बताइएको छ । सभापति तथा प्रधानमन्त्री देउवाले एक्लौटी निर्णय गर्न थालेकाले डा.शेखर कोइराला समूह असन्तुष्टि प्रकट गर्दैआएको छ ।
संस्थापन इतर समूहको उक्त बैठकमा डा. कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् । सभापति देउवाले नेबिसंघ, तरुण दल, महिला संघ सहित ५ वटा भ्रातृ संगठनको नेतृत्व चयन गर्दा एक्लौटी ढंगले गरेको छ । भातृसंस्थाका ५ अध्यक्षमा एउटा पनि संस्थापनइतर समूहलाई दिइएको छैन ।
साउनमै भएको कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनमा निर्वाचन हुँदा संस्थापन पक्ष एक किसिमले पत्तासाफ नै भएको थियो । पदाधिकारीसहित केन्द्रीय कमिटीमा कोइराला निकट पत्रकारहरु ८० प्रतिशत बिजयी भएका थिए ।
भातृसंगठन मात्र होइन, पार्टी सञ्चालनमा पनि देउवा सल्लाह नगरी एक्लौटी ढंगले अघि बढेको शेखर कोइराला समूहको आरोप छ ।
देउवाको पार्टी संचालनको तौरतरिका यही रहे समानान्तर गतिविधि नै गर्ने तहसम्म कोइराला समूह पुग्ने देखिएको छ । आजको बैठकले यसबारे निर्णय लिने बताइएको छ ।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend