काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक पदम राई । विगतमा राम्रा–राम्रा गीत, संगीत पस्कदै आइरहेको भए पनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र शखर चिनि…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनि..’ गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । यसमा डिपि खनालको शब्द, संगीत शंकर थापा ‘स्मल’, कोरियोग्राफर सुवल थापा, निर्देशन गम्भीर बिष्टको रहेको छ । भिडियोमा सरोज अधिकारी, आष्मा बिश्वकर्माका साथमा कार्टून क्रुजका कलाकारको अभिनय रहेको छ ।
मेरो विगतका सांगीतिक कोसेलीलाई झै यसलाई पनि मन पराइदिनु हुने कुरामा बिश्वस्त गायक राईले दर्शक स्रोताको रुचिअनुसारको गीत, संगीत पस्कदै सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने बताए ।
गीतको भिडियोः