काठमाडौं । शनिबार काठमाडौंमा ६ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्ला तीन दिनमा ह्वात्तै संक्रमित भेटिए पनि शनिबार तुलनात्मक रुपमा कम संक्रमित भेटिएको हो ।
आज काठमाडौंका पाँच जनामा र भक्तपुरका एकजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका दुईजना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका एक जना र नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका एकजना र भक्तपुरका एकजना रहेका छन् ।
नेपालमा शनिबार ३ सय १५ जना काेराेना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ ।
यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।