काठमाडौं । शनिबार देशभर ३ सय १५ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ६ हजार ९ सय ९३ पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। काठमाडौं उपत्यकाका ६ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ ।
यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।