Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहसचिव उपाध्याय अख्तियारको नियन्त्रणमाः भेटिएको रकम घुस नै हो त ?


    शनिबार, साउन १७ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँ रकमसहित शुक्रबार नागढुंगाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत उपाध्याय चढेको बा.२ झ. ४०९९ नम्बरको सरकारी गाडी चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुंगा काठमाडौंमा रोकी चेकजाँच गर्दा उनको साथबाट नगद रू. १ लाख २४ हजार ७ सय ५० र फिक्स डिपोजिट तथा बैंक डिपोजिट रू १३ लाख २४ हजार ४ रुपैयाँका भौचर गरी कुल जम्मा १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँ बराबरको रकमसहित नागढुङ्गाबाट २०७७ साउन १६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् । अख्तियारले बरामद रकम घुस नै भनेर उनलाई नियन्त्रणमा लिए पनि उनले उक्त रकमको बैधानिक स्रोत पुष्टी गरेमा के हुने भन्ने अन्यौल छ ।

    सहसचिव उपाध्यायलाई ५ महिनाअघि ५ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको थियो । तर उनी गएनन् । साढे १४ लाख बराबर रुपैयाँ बराबरको रकम ठेकेदारबाट लिंदा कर्मचारीलाई भागबण्डा नलगाएका कारण अख्तियारमा सूचना पुगेको र उनको गाडी खानतलासी लिइएको स्रोतले बताएको छ । गाडी खानतलासीका क्रममा उक्त रकम बरामद भएको बताइएको छ । अधिकारीका दम्पत्ति नै सहसचिव हुन् । उनकी श्रीमती चन्द्रकला पौडेल भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गएको असार १९ मा गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भएकी छन् ।

    पौडेल यसअघि आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक थिइन् । जुनबेला चुडामणि शर्मा आन्तरिक राजस्व विभागको महानिर्देशक थिए । र, कर फस्र्योट आयोग गठन गरी २१ अर्ब भ्रष्टाचार गरेको आरोप शर्मामाथि लागेको थियो । शर्माका बिरुद्ध अहिले विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार