Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन: माधव नेपाल


    शुक्रबार, जेष्ठ १३ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् ।

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले अहिले आवश्यक पर्ने देखिए पनि १० वर्षपछि बिजुली रेल आवश्यक नपर्ने र राज्यले पनि थेग्न नसक्ने बताए । 

    दीर्घकालीन र प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने बताउँदै उनले पूर्व–पश्चिम राजमार्गमा रेलमा चलाउन सकिने बताए । 

    आरोप–प्रत्यारोपले देश नचल्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश विकास र समृद्धि गर्न कहाँ कहाँ चुकियो, यसलाई पहिल्याएर अगाडि बढ्नुपर्ने बताए । दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्ने बताउँदै उनले कृषिलाई अर्थतन्त्रको आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार