काठमाडौ ।भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।
यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्। ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको ब्यक्तीले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।
भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्न सक्नेछन्। भायानेट ले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ।
भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा-फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ। विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।
भायानेटले यस नयाँ रिफरल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ। यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायानेट आग्रह गर्दछ ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend