Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोटमा पहिरोले ८ घर बगाउँदा ११ बेपत्ता


    आइतबार, असार २८ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । जाजरकोटमा तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । सिसुवाखोला बेसिन्दामा गएराति गएको पहिरोले ८ घर बगाउँदा ११ जना पहिरोमा परेर बेपत्ता भएका हुन् ।

    निरन्तरको बर्षाका कारण राति २ बजेतिर पहिरो गएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । घटनास्थान तर्फ उद्धारका लागि सुरक्षाकर्मीको टोली गए पनि बर्षाका कारण पुग्न कठिनाई भइरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

    घटनास्थलको थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासनले जनाएको छ । अहिले पनि निरन्तर बर्षा भइरहेका कारण पहिरो जान नरोकिएको स्थानीयवासीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार