Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरबाट ५ किलो अफिम बरामद


    आइतबार, असार २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुरको नेवारपानीबाट अवैध लागूऔषध अफिम बरामद भएको छ ।प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–मनहरी सडक खण्डको नेवारपानीबाट ५ किलोग्राम अफिम बरामद भएको हो ।

    नेवारपानीमा प्रहरीको चेकिङ देखेपछि ना ४३ प ५७८४ नम्बरको मोटरसाइकमार्फत हेटौंडातर्फ आउँदै गरेका दुईजना व्यक्ति मोटरसाइकल छाडेर भागेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठोरले बताए । ड्युटिमा रहेको प्रहरीको टोलीले मोटरसाइकलबाट उक्त अफिम बरामद गरेको र उनीहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

    बरामद गरिएको अफिमको नेपाली बजार मूल्य करिब ५ लाख रुपौयाँ रहेको प्रहरीको भनाइ छ ।
    पछिल्लो केही महिनामा पश्चिम मकवानपुरबाट लागूऔषध कारोबारमा संलग्न रहेका ५७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार