Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबार मात्रै करिब एक हजार नेपाली स्वदेश फिर्ता


    आइतबार, असार २८ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार करिब एक हजार नेपाली स्वदेश फर्केका छन् । आज उद्दारका लागि गरिएका विभिन्न चार्टर्ड उडानबाट उनीहरु स्वदेश फिर्ता गरेको हो ।

    त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएका छन् । नेपालबाट भने १ सय ३ जना विदेश उडेका छन् । आइतबार बहराइनबाट नेपाल एयरलाइन्सले १ सय ४४ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

    हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ जना नेपालीलाई घर ल्याएको छ । हिमालय एयरलाइन्सले नै फिलिपिन्सको मनिलाबाट १ सय ८ जनालाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले नै क्वालालाम्पुरबाट १ सय ५६ जनालाई नेपाल अवतरण गराएको तथ्यांक छ । फ्लाइ दुबईले १ सय ६० जनालाई काठमाडौं फर्काएको छ ।

    नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ बच्चासहित २ सय ६२ जनालाई काठमाडौं ल्याएको छ । आइतबार दमाम र क्वालालाम्पुरबाट २र२ वटा शव नेपाल ल्याइएको छ । आइतबार आन्तरिकतर्फ मनाङ एयरले सुर्किबाट २ र सिम्रिक एयरले बुटवलबाट ४ जनालाई काठमाडौं ल्याएका छन् । सोमबार र मंगलबार भने उद्दार उडान रोकिएको छ । बुधबारबाट पुनः शुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार