काठमाडौं । भालुको पित्तसहित काठमाडौँबाट दुईजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रगिरि नगरपालिका–८ कल्याणपुरस्थित साउनेपानीबाट भालुको मकवानपुरको कैलाश गाउँपालिका–१ बरभञ्याङका २७ वर्षीय हरिबहादुर मोक्तान र सोही गाउँपालिका वडा नम्बर २ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा पक्राउ परेक हुन्।
संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको टोलीले भालुको पित्त जस्तो देखिने ३५ ग्राम तौलको वस्तुसहित उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको हो ।
करिब २० लाख मूल्यमा बिक्री गर्ने योजनाका साथ साथमा लिएर हिंँडिरहेको अवस्थामा उक्तवस्तु बरामद भएको र उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्याक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।