Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टीकाे निर्णय विरुद्ध सरिता गिरी सर्वाेच्चमा


    आइतबार, असार २८ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पार्टीकाे कारबाहीमा परेर सांसद पद र पार्टीकाे साधारण सदस्यता समेत गुमाएकी सरिता गिरीले कानुनी उपचार खाेजेकी छिन् । पार्टीकाे ह्‍वीप उल्लंघन गरेकी उनले आइतबार पार्टी र सरकार विरुद्ध रिट दायर गरेकी हुन् । 

    उनललाई तत्कालीन समाजवादी पार्टीले  पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्काशन  गरेकाे थियाे । साेही निर्णयलाई चुनाैती दिन उनी सर्वाेच्चकाे ढाेका ढक्ढकाइकी हुन् । गिरीले सरकारविरुद्ध समेत रिट दायर गराएकी हुन् ।

    आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको दावी उल्लेख गर्दै निवेदन आइतबार दर्ता भएकाे छ।

    निवेदनमा उनले आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएको जिकीर गरेकी छन्। संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको दाबी उनले निवेदनमा गरेकी छन्।

    कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्। समाजवादीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय छानबिन कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार