Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नाकाबन्दीदेखि नक्शा जारी सम्मकाे काम हामी सबैले मिलेर गरेकाे हाे : प्रचण्ड


    आइतबार, असार २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

    आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने र अरुलाई गलत चित्रण गरिएकोमा आपत्ति जनाए।

    उनले नेपालमा कोही महान राष्ट्रवादी नभई सबैले मिलेर नाकाबन्दीको सामाना गर्नेदेखि नयाँ नक्शा जारी गर्ने काम गरेको बताए।

    ‘यहाँ कोही राष्ट्रघाती दलाल कोही महान राष्ट्रवादी भन्ने होइन,’ उनले भने, ‘हामी सबै मिलेर नाकाबन्दीको सामाना गरेको हो, सबै मिलेरै नक्शा बनाएको हो।’

    अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष बनेपछि बसेको पहिलो स्थायी समिति बैठकले नयाँ नक्शा जारी गर्न सरकारलाई  अनुराेध गर्ने निर्णय गरेको बताए।

    ‘मलाई कार्यकारी भनिएको लगत्तै पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा बसेको बेलामा हामीले भारतले नयाँ नक्शा जारी गर्‍यो अब हामीले पनि तुरुन्तै हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नेपाली नक्शा प्रकाशन गर्नैपर्छ भनेर स्थायी समितिबाट सर्वसम्मत गराएको छ’, अध्यक्ष प्रचण्डले थपे, नयाँ नक्शा जारी गर्नुपर्छ भन्नु लम्पसारवाद हो?’ 

    उनले गत माघमा बसेको नेकपाको केन्द्रीय समितिको बैठकबाट पनि मिचिएको भूमि समेटेर नयाँ नक्शा जारी गर्न र आवश्यक परे संवैधानिक रुपमा समेत हल खोज्न अविलम्ब पहल गर्नुपर्ने निर्णय गरेको समेत जानकारी दिए। उनले पार्टीको स्थायी र केन्द्रीय समितिको सिफारिसलाई सरकारले औपचारिकता दिएकोमा पछिल्लो स्थायी समिति प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएको बताए।

    ‘सरकारले नयाँ नक्शा जारी गरेकोमा सरकार र प्रधानमन्त्रीलाई स्थायी समिति बैठकमै धन्यवाद दिइएको छ’, उनले भने, ‘त्यसलाई वैधनिकता दिन पार्टीले निर्णय गरेर मात्र पुग्दैनथ्यो, अन्त्यमा तपाईंले औपचारिकता दिनुभयो धन्यवाद भनिएको छ, के त्यो राष्ट्रवाद जिन्दावाद मूर्दावादको कुरा हो? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हुन्छ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार