Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तर्राष्ट्रिय ई स्पोर्ट्स च्यालेन्जमा मधुसुदनलाई स्वर्ण


    आइतबार, असार २८ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय ई स्पोर्ट्स च्यालेन्जमा स्वर्ण जितेका छन् । तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

    त्यस्तै प्रगति कुइँकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५–१७ वर्षमा रजत जिते । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारे । पदक विजेता सबै खेलाडी एनटीएका हुन् । एनटीएबाट जम्मा ८ खेलाडी सहभागी छन् ।

    तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ । प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । जुलाइ ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

    खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार